शितगंगा ठाडामा नयाँ प्रहरी प्रमुख आए पछि बेथिति मौलाउन थाल्यो 


पालिका पत्र

२८ भाद्र २०८०, बिहीबार १३:५० मा प्रकाशित

बिकास घिमिरे, भदौ २८ । 

इलाका प्रहरी कार्यालय शितगंगा ठाडा अर्घाखाँचीकै प्रमुख नाका हो । जिल्ला भित्रिने र बाहिरिने आधिकांश सवारी साधन यही सडक प्रयोग हुने गर्छ । सडक दुर्घटनाको हिसाबले समेत यो क्षेत्र अति सम्वेदनसिल क्षेत्र समेत हो । पछिल्लो समय यस क्षेत्रका सडकमा गुडने सवारी साधनको नियम पालना कम्जोर बनेको छ । यस अघिका प्रहरी प्रमुख होम रेग्मीले क्षमता भन्दा बढि यात्रु राख्ने सवारी तथा वढी भाडा लिने सवारीलाइ निरन्तर अनुगमन र कारवाही गरे पछि हटेको बेथिति पुन सुरु भएको देखिन्छ ।

यस सडकमा गुड्ने हाइसले अगाडिकै सम्बेदनसिल सिटमा चालकलाइ नै असर पुग्ने गरि क्षमता भन्दा बढि यात्रु सवार गराउँदा समेत कुनै कारवाही भएका छैनन् पछिल्लो एक हप्तामा इप्रका ठाडाको चेकिङ प्वाइन्टमा क्षमता भन्दा बढि यात्रु राख्नु कुनै कारवाही भएको छैन भने यो समयमा ट्राफिकले समेत कुनै जरिवाना सो समयमा गरेको छैन । ट्राफिक प्रहरीले चेकिङको समयमा केही सवारी कारवाही गरे पनि प्रहरी बिटमा लापरवाही हुने गरेको छ ।

बुधबार साँझ ६ बजे विटमा ५ सिट क्षमताको डबल क्यापमा १४ जना सवार हुँदा समेत विटमा बस्नु भएकी महिला प्रहरीले कुनै मतलव नै नगरे पछि ट्राफिकलाई स्थानीयले जानकारी गराए पछि मात्र सामान्य कारवाही गराइएको छ । उनै महिला प्रहरीलाई सोही समयमै क्षमता भन्दा बढि यात्रु र बालुवा बोकेर आएको टिप्परलाइ कुनै सोधपुछ समेत नगरे पछि प्रहरीले नै नियम विपरित हिड्ने सवारीलाइ उन्मुक्ति दिनेगरेको पाइएको छ ।

यस्तै साँझको समयमा हिड्ने सवारीलाई इन्ट्री समेत नगरी छाड्ने गरिएको छ खास गरि अर्घाखाँचीमा भैँसी जिल्ला बाहिर लान रोक लगाइएको भए पनि रातिमा ठाडा नाकाबाट सहजै जाने गरेका छन । प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले नपक्रने र भगाउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्