कपिलवस्तुको वाणगङ्गामा पानी माथि ट्रयाक बनाएर खेलिने खेल हुने (भिडियो सहित)


पालिका पत्र

२९ भाद्र २०८०, शुक्रबार ०७:१९ मा प्रकाशित

रविना कडेल
कपिलवस्तु, भदौ २८ ।

कपिलवस्तुको वाणगङ्गामा ‘साइकल प्लाङ्क ब्यालेन्स’ हुने भएको छ । बाङ्गाको पर्यटकीय स्थल राजापानीमा ‘साइकल प्लाङ्क  ब्यालेन्स’ प्रतियोगिता आयोजना हुने भएको हो । 


नेपालमा पहिलो पटक लायन्स क्लब अफ कपिलवस्तुले २०७९ मा ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेको थियो । सोही अनुसार क्लब ले यहीँ असोज २७ गते देखि दोस्रो पटक खेलको आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक विष्णु घिमिरेले बताए । उनले भने “हामिले यो ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिता मनोरञ्जनका लागि मात्र नभएर पर्यटकीय क्षेत्रको पनि प्रर्वद्धन गर्नका लागि गरिएको हो ।” ‘यो साइकल प्लाङ्क ब्यालेन्स पानी माथि ट्रयाक बनाएर खेलिने खेल भएकाले अत्यन्तै मनोरञ्जन दिनेखालको पनि छ’ उनले भने । 


यता क्लबका अध्यक्ष ओम प्रकाश घिमिरेले जिल्लाको ऐतिहासिक पर्यटकीय क्षेत्र राजापानीमा रहेको पोखरीमा प्रतियोगिता हुने बताए । उनले पोखरीमा खेल्ने खेल भएकाले सबैलाई सहज हुने गरी पोखरीमा पानीको सतह ४ फिट मात्र हुने जानकारी दिए । प्रतियोगिताका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुमति प्रदान गरिसकेको र राजापानी सामुदायिक बन सँग पनि पोखरीका लागि समन्वय भएको उनले बताए । 


प्रतियोगिताका लागि अब छिटो नै रजिष्ट्रेशन खुलाउने क्लबका सचिव राम प्रसाद भुसालले बताए । सहभागी हुने प्रतियोगीहरूको लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको व्यवस्थापन क्लब आफैले व्यवस्थापन गर्ने जनाएको छ । प्रतियोगिता सुरक्षाका हिसाबले चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपीएफ, एम्बुलेन्सको व्यवस्था समेत गरिने जनाएको छ । प्रतियोगिताका बिजेताहरूलाई नगद, प्रमाण पत्र र मायाको चिनोले प्रदान गरिने क्लबले जनाएको छ ।
यसरी खेलिन्छ यो खेलः 

प्रतिक्रिया दिनुहोस्