रुपन्देही पूल तथा स्नुकर संघद्वारा शोक सभा


५ आश्विन २०८०, शुक्रबार २२:२२ मा प्रकाशित

पालिकापत्र
बुटवल । रुपन्देही पूल तथा स्नुकर संघले संघका सल्लाहकार प्रमोद थापाको बुबाको निधनको पांचौ पुण्य तिथिमा शोकसभा गरेको छ । सल्लाहकार थापाका बुबा मानबहादुर थापाको निधनको पाचौं दिनमा उहांको निवासमा पुगेर संघले संक्षिप्त शोक सभा गरेको हो । शोक सभामा संघका अध्यक्ष सुजन पुन, लगायतका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले स्वर्गीय बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त थापा परिवारजनमा समवेदना प्रकट गरेका थिए । सो अवसरमा संघका अध्यक्ष पुनले सल्लाहकार थापामाथि परेको पितृ शोकले संघलाई मर्माहत बनाएको बताएका थिए । संघमा आवद्ध पदाधिकारी, सल्लाहकार र सदस्यहरुलाई दुख र समसया पर्दा आवश्यक सहयोग गर्न संघ सदैव तयार रहेको अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्