युवा क्लवको अगुवाईमा गरियो बाणगंगा ७ का तिन टोलमा सरसफाई


पालिका पत्र

६ आश्विन २०८०, शनिबार १९:४४ मा प्रकाशित

असोज ०६ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित मोतिपुर प्रगतिशील युवा क्लवले वडाका विभिन्न तीनवटा टोलमा सरसफाई कार्यक्रम गरेको छ ।

शनिबार वडा भित्रका टोलहरुको सरसफाईका लागि युवा क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सरसफाई गरिएको क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी दिनुभयो । वडा नम्बर ७ को कार्यालयसँगको समन्वयमा मोतिपुर प्रगतिशिल युवा क्लवले आयोजना गरेको कार्यक्रममा जनप्रीय टोल, देउराली टोल र प्रगतिशील टोलका विभिन्न स्थानमा सरसफाई गरिएको हो ।

कार्यक्रममा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपाने सहित वडा नम्बर ७ का वडा सदस्य हरिशंकर पौडेल, जनप्रीय टोलविकास संस्थाका पूर्व अध्यक्ष रामबहादुर बस्नेत, देउराली टोल विकास संस्थाका पुर्व अध्यक्ष प्रदिप क्षेत्री, प्रगतिशिल टोलविकास संस्थाका पुर्व अध्यक्ष टोपबहादुर थापा, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अधयक्ष शेषकान्त बेल्वासे लगाएत क्लवका सदस्य तथा पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थितिमा सरसफाई गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्