शितगंगा, असोज २३ ।
संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीले पेन डाउन गरेका छन् । शितगंगा नगरपालिकाका कर्मचारी पनि यसको समर्थनमा आन्दोलनमा छन । कर्मचारीहरूले आन्दोलन जारी राख्दै पेन डाउन गरिएको शितगंगा नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताउनु भयो ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै कर्मचारीले आन्दोलन गर्दै आएका छन् । संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको भन्दै काठमाडौँको आन्दोलनमा समेत शितगंगाबाट सहभागी भएको खनालले बताउनु भयो ।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषा भित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, तिन तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने माग गर्दै देशैभरिका कर्मचारी अहिले आन्दोलित भएका छन ।
शितगंगमा आन्दोलनरत कर्मचारीले शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नगरप्रमुख छबिलाल पौडेल तथा सहायक प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यलाई ज्ञापन पत्र बुझाएका छन । यस्तै कर्मचारी हरूले प्रहरीले आन्दोलनरत कर्मकारी प्रति गरेको दमनको समेत विरोध गरेका छन ।