रूपन्देहीका मनिक श्रेष्ठको हातमा साइकल प्लाङ्क ब्यालेन्सको उपाधि 


पालिका पत्र

२७ आश्विन २०८०, शनिबार १७:५६ मा प्रकाशित

कपिलवस्तु, असोज २७  । कपिलवस्तु को बाणगङ्गा सञ्चालन भएको दोस्रो साइकल पालङ्क ब्यालेन्स प्रतियोगिताको उपाधि रूपन्देहीका ११ वर्षीय बालकले जितेका छन् । बुटवल उपमहानगरपालिकाका एभरेष्ट बोडिङ्ग  स्कुलका कक्षा ६ मा अध्ययनरत मनिक श्रेष्ठले उपाधि जितेका हुन । उहाँले ५० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । उनले ५२ मिटरको दुरी सबै भन्दा धेरै १ मिनेट ५६ सेकेन्डमा पार गरेका थिए ।


यसै गरी दोस्रो स्थानमा धरानका अनिस तमाङले १ मिनेट २५ सेकेन्डमा पार गरेका थिए । तेस्रो स्थानमा शुभम् भट्टराई र सान्त्वना अरुण अर्याल रहेको लायन्स कल्ब अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भयो ।


साहसिक खेल खेल्न १ सय २३ जनाले दर्ता गरेका थिए । एक भारतीय सहित ७४ जना सहभागि भएका थिए । २४ जनाले निर्धारित दुरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले बताउनु भयो । 

पानी माथि ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दुरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा सञ्चालन भएको थियो । नौ इन्च चौडाइ रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल चलाएर खेलिएको थियो ।

प्रतियोगितालई थप रोचक बनाउनको लागि विश्व साइकलयात्री अजित बरालको पनि सहभागिता रहेको थियो ।

खेलको लागि आवश्यक टिसर्ट, हेलमेट, लाइफ ज्याकेट लगायतका सुरक्षाका सामाग्री, पिउने पानी, साइकल नहुनेका लागि साइकल क्लवले नै व्यवस्थापन गरेको क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले जानकारी दिए । खेलको क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सहभागीको सुरक्षाको लागि नेपाल प्रहरी, लायन्स र लियो क्लवका युवाहरुको टोली, एम्बुलेन्स, स्वास्थ्य सामाग्री लगायतको व्यवस्था पनि गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतियले १५ हजार र सान्त्वना हुनेलेसम्मान स्वरुप पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्