आहा क्या राम्रोः नाँच्ने डाँडा


१५ कार्तिक २०८०, बुधबार १८:४१ मा प्रकाशित

कार्तिक १५ गते । पाल्पा सदरमुकाम तानसेनबाट करीब ११ कि.मि. उत्तरमा अवस्थित नाच्ने डाँडा वास्तवमै प्राकृतिक सौन्दर्यले भरीपूूर्ण रहेको छ । बगनासकाली गाउँपालिकाको वडा नम्बर ७ खानीगाउँमा रहेको नाच्ने डाँडा अहिले आन्तरीक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

यो ठाउँको नामकरण पनि नाच्ने ठाँउ भएकोले नै नाच्ने डाँडा रहेको हो भन्ने गरिन्छ । विगतको समयमा बराङदी, खानीगाँउ, चापपानी लगायतका वरपरका गाँउहरुबाट महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारी यो ठाँउमा जम्मा भई नाच्ने गाँउने प्रचलन भएकोले यस ठाँउलाई नाच्नेडाँडाको नाम दिइएको हो ।

यो नाँच्ने डाँडा आफँैमा आकर्षक र पर्यटकीय क्षेत्र छँदैछ, अझै यस ठाँउबाट देखिने हिमदृश्य, स्याङजाको प्रसिद्र मन्दिर आलमदेवी क्षेत्र अनि नेपालको ताजमहल भनेर चिनिने रानीमहल र कालीगंगा नदी लगायतका दृश्यले निकै मनमोहक बनाएको छ ।

नाच्नेडाँडा क्षेत्रमा रहेको पहाडी भुु–बनावट यहाँ रहेको पोखरी, भीरसगै रहेको सत्यवतीदेवीको मन्दिरले थप आकर्षण बढाएको छ । यस क्षेत्रमा प्राचिन समयमा देउती बजैको बासस्थान रहेको क्षेत्र पनि हो । कान नसुुन्ने देवि भनेर चिच्याएर वर मागिने देउती बज्यै यस क्षेत्रमा बसी अन्यत्र सरेको भन्ने किंवदन्ती पनि रहेको छ ।

अहिलेको समयमा दई पाङग्रे र चार पाग्रे साधन सजिलै पुुग्ने गरि सडक निर्माण भएको छ । केहि समय पहिले सम्म यस क्षेत्र आसपासका विद्यालयले आफना विद्यार्थी घुुमाउन मात्र प्रयोगमा आएको यो ठाँउ अहिले भने तानसेन र वरपरका वासीन्दाको घुुम्नका लागि रोजाइको ठाँउ बन्न पगेको छ ।

बालबालिका र यवाहरुको समुुहहरु लागि वनभोजको रुपमा प्रयोगमा ल्याएको यो ठाँउ प्रचार प्रसार र व्यवस्थापन गर्न सके राम्रो सम्भावना बोकेको ठाँउ हो । यस क्षेत्रलाई पर्यटकीय केन्दको रुपमा विकसित गराउन विभिन्न कोणबाट पस्किन सकिने ठाँउ पनि हो । अहिले डिभिजन वन कार्यालय पाल्पाबाट पर्यापर्यटनका लागि गएको आर्थिक वर्षमा पूूर्ननिर्माण गरिएको पोखरी, भ्यूूटावर र बस्ने ठाउँ लगायतका सरंचनाले र व्यवस्थापनले पनि स्वरुप फेरिएको छ ।

यस ठाउँमा थप पूूर्वाधारको निर्माण गर्न सकेमा अझ बढी व्यवस्थित र आर्कषक बन्न सक्छ । यस ठाँउमा गाँउपालिका लगायत अन्य तहका सरकार र सरोकारवाला निकायहरुको ध्यान पुुग्न सकेमा स्तरिकृत सडक बनाई यस ठाँउबाट रानीमहल सम्मको जिपलाइनको राम्रो सम्भावना रहेको देखिन्छ । अझ यस ठाँउमा प्यारागलाइडिगंका लागि उपयुुक्त ठाँउ हुुने सम्भावना देखिन्छ ।
प्रचारप्रसारको अभावले मात्र यो ठाँउ पछाडी परिरहेको आभाष हुुन्छ ।

राज्यको चौथो अगं भनेर चिनिने पत्रकारिता क्षेत्रले समेत यो ठाँउ चिन्न आवश्यक छ । पहिले पहिले पानी नपरेको समयमा चण्डीपूूर्णामाको दिन पारी महादेवसगँ पानी माग्ने चण्डीस्थान पनि यो ठाँउ सँग–सँगै रहेको छ । यो ठाँउका मनमोहक दृश्य घुुम्ने र मनोरञ्न लिने ठाँउ हो नै यसका अतिरिक्त अन्य सम्भावना पनि बोकेको ठाँउ हो । यस क्षेत्रको उचित व्यवस्थापन गर्न सकिए पर्यटकिय क्षेत्रको विकास गरि पर्यटनसगँ जोडेर आय–आर्जन र रोजगारी सिर्जना गर्न सकिने ठाँउ पनि हो ।

स्थानीयको लागि आय स्रोत र राज्यका लगि राजस्व संकलंन गर्न सकिने ठाँउ पनि बन्न सक्छ । यस क्षेत्रमा राम्रो सँग चल्न सक्ने होटल, रेष्टुुरेन्ट, वनभोज व्यवस्थापन, क्याम्प व्यवस्थापन , फोटो भिडियो लगायतका अन्य आयसँग जोडिएको व्यवसाय समेत चल्न सक्छ । यस बाट यो क्षेत्र वरिपरिका वासिन्दाका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी सृजना गर्न सक्छ ।

भनिन्छ, नजिकको तिर्थ हेला वास्तवमै यो ठाँउमा एक पटक पुुगिसके पछि यो आभाष हुुन्छ । यो ठाँउलाई अहिलेसम्म पहिचान, परिचालन र प्रचारप्रसार गर्न नसकिनुुले हामीलाई धेरै पछि पारिरहेको छ ।


कस्तुुरी मृगले आफ्नै शरीरमा रहेको सुुगन्धित विना थाहा नपाएर दौडिए जस्तै बगनासकालीको नाच्ने डाँडा पनि पहिचान नहुुनुु र व्यवस्थापनमा ढिलो गर्नुुले अमूूल्य र अथाहा सम्भावना बोकेको ठाँउलाई सदुुपयोग गर्न नसक्नुु नै हो । यस ठाँउको उचित व्यवस्थापन, प्रचारप्रसार आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्