कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेशमै उत्कृष्ट

उत्कृष्टतामा कपिलवस्तुको ह्याक्ट्रिक


पालिका पत्र

२३ कार्तिक २०८०, बिहीबार १६:०२ मा प्रकाशित

कार्तिक २३ गते । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै प्रथम घोषित भएको छ । प्रदेश अन्र्तगतका १३ वटा आयुर्वेदसँग सम्बन्धित कार्यालय मध्ये कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वेद केन्द्र प्रदेशमै प्रथम घोषित भएको हो ।

आ.व. २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरु तथा मुख्य मुख्य सुचकहरुको आधारमा मुल्यान्कन गर्दा “कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र“ ले लुम्बिनी प्रदेशका आयुर्वेद चिकित्सालय/स्वास्थ्य केन्द्र मध्ये “प्रथम स्थान“ प्राप्त गरेको हो । गत आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न गरेका कार्य र उपलब्धिका आधारमा कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै पहिलो भएको केन्द्रका प्रमुख डाक्टर नलिननाथ तिवारीले बताए ।

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रलाई यस वर्ष प्रथम स्थानमा ल्याउन साथ, सहयोग र मार्गदर्शन गर्नुहुने स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, कपिलवस्तु आयुर्वेद विकास समिति अध्यक्ष, सदस्य र परिवार, नागरिक आरोग्य सेवा केन्द्र तथा कपिलवस्तु जिल्ला स्थित सम्पूर्ण आयुर्वेद औषधालय तथा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई केन्द्रले धन्यवाद एवं आभार प्रकट गरेको छ ।

यस्तै, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लगातार तेश्रो पटक उत्कृष्ट बन्दै उत्कृष्टतामा ह्याक्ट्रिक गरेको हो । केन्द्रमा २०७९/०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका थिए । उता कपिलवस्तु अस्पतालले भने प्रदेशमा दोश्रो स्थान हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्