इन्द्र इलेक्ट्रिकको आयोजनामा इलेक्ट्रिक गुणस्तर सम्बन्धी प्रशिक्षण


पालिका पत्र

२० मंसिर २०८०, बुधबार २२:२८ मा प्रकाशित


कपिलवस्तु, मंसिर २० । 
इन्द्र इलेक्ट्रिकको आयोजनामा १ दिने इलेक्ट्रिक गुणस्तर सम्बन्धी प्रशिक्षण गरिएको छ । मंगलबार बाणगङ्गा वडा न. ८ मा एक कार्यक्रमको आयोजना गरि इलेक्ट्रिक गुणस्तर सम्बन्धी प्रशिक्षण दिइएको इन्द्र इलेक्ट्रिकका सञ्चालक इन्द्र पोख्रेलले जानकारी दिए । 
उनले युवा स्वरोजगारको लागि आफूले युवाहरूको क्षमता वृद्धि गर्नका लागि हरेक वर्ष युवाहरूलाई इलेक्ट्रिक गुणस्तर सम्बन्धी प्रशिक्षणको आयोजना गर्दै आएको बताए । 
१५० जना युवाहरू सहभागि रहेको प्रशिक्षणमा रूपन्देही विद्युत व्यवसायिक संघका संस्थापक अध्यक्ष तथा नेपाल इलेक्ट्रिकका अध्यक्ष अनन्तमान थोबेले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा युवाहरूले कामगर्दा भोगेका कठिनाइ तथा चुनौतीलाई प्रशिक्षक समक्ष राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्