महोत्सव सुरु भएपछि ह्वात्तै बढ्यो चार नम्बर क्षेत्रमा चहलपहल


पालिका पत्र

२७ मंसिर २०८०, बुधबार ११:४० मा प्रकाशित

रमा भट्टराई
कपिलवस्तु, मंसिर २७ ।
१४ औँ कपिलवस्तु महोत्सव सुरु भएपछि ४ नम्बर क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ । मंसिर २१ गते बाट सुरु भएको महोत्सव हेर्न अर्घाखाँची, पाल्पा, गुल्मी, रूपन्देही, प्युठान र कपिलवस्तु जिल्लाका छिमेकी नगरपालिका तथा स्थानीय क्षेत्र बाट दर्शक हरूको आवतजावत हुँदा चहलपहल बढेको हो । बुद्ध रङ्गशालामा जारी महोत्सवका कारण व्यापार व्यवसाय  पनि पहिलेको तुलनामा चलायमान देखिएको छ । महोत्सवले थप आर्थिक कारोबार बढ्ने, बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारले बजार पाएका छन् । 
महोत्सवमा हुने डान्स आइडलले गर्दा क्षमता भएर पनि लुकेका प्रतिभाहरूलाई प्रस्फुटन गर्ने अवसर प्राप्त भएको छ । चार नम्बर क्षेत्र छिमेकी जिल्लाहरूलाई पनि पायक पर्ने स्थान भएकाले दर्शक हरूको चहलपहल बढ्ने गरेको हो । 
महोत्सवका कारण स्थानीय तहमा उत्पादन हुने कृषि सामग्रीहरूले पनि बजार पाएका छन् । विगतका वर्षमा कोरानाबाट प्रभावित भएर बजार, व्यवसाय, मेला महोत्सवमा ह्रास आएको थियो तर अहिले पुःन आर्थिक कारोबार बढ्ने विश्वास गरिएको छ ।       
१४ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८० ‘युवा स्वरोजगारको बलियो आधार उद्योग, पर्यटन एवम् कृषि क्षेत्रको प्रचार प्रसार’ भन्ने मूल नारा सहित  महोत्सवको बुधवार सम्म आई पुग्दा आज सातौँ दिनमा सञ्चालन भएको छ ।   महोत्सवमा आकर्षणका रुपमा विभिन्न कलाकार, डान्स आइडल, प्राविधिक कृषि औजार, विविध स्टलहरु, पिङ, वाल उद्यान आदी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्