आई.सि.एफ.सी.फाइनान्सद्धारा वित्तीय साक्षरता


पालिका पत्र

२९ मंसिर २०८०, शुक्रबार १६:४६ मा प्रकाशित

कपिलवस्तु, मंसिर २९ ।

आई.सि.एफ.सी.फाइनान्स लिमिटेड ओदारी शाखाको आयोजनामा कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ११ चेतियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । वित्तिय साक्षरता कार्यक्रममा विभिन्न प्रकारका सूचनाहरू प्रदान गरिएको थियो । उक्त कार्यक्रममा वचत, बैङ्क खाताका प्रकार, मोबाईल बैङ्किङ तथा रेमिट्यान्स लगायत विविध विषयमा बैङ्कको तर्फबाट वित्तिय सचेतना  र साक्षरता प्रवाह गरिएको थियो । 

टोल विकास संस्थाका अध्यक्ष जयकरण थारु, सदस्य तेज कुमारी खनाल, मिना कुमारी चौधरी, जगं बहादुर थारु, युवराज पौडेल र फाईनान्सको तर्फबाट ओदारी शाखा प्रबन्धक कुमार थापा, कर्जा विभागबाट तेज बहादुर कडेंल र घनश्याम चौधरी लगायत ५० जनाकोे उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्