गुणानिधि भुसालले कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी दिने


पालिका पत्र

४ पुष २०८०, बुधबार २०:११ मा प्रकाशित

कपिलवस्तु, पौष ०४ ।

कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगा ४ नम्वरको आउँदो माघ २३ मा हुने अधिवेशनमा संघकै पूर्व बरिष्ठ उपाध्यक्ष गुणानिधि भुसालले अध्यक्षमा उम्मेदवारी दिनुहुने भएको छ । भुसालको उम्मेद्वारी घोषणा संगै कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत छनौट हुने संकेत देखिएको छ । सामाजिक, राजनीतिक क्षेत्रमा अनुभवी भुसालले संघको संस्थागत विकासमा विशेष योगदान दिनुभएको छ । भुसाल बाणगंगा नगरपालिका वडा नंं. ८ का पूर्व वडाध्यक्ष समेत हुनुहुन्छ।

उहाँले यसक्षेत्रका सामाजिक संघसंस्थाको सफल र कुशलतापूर्वक नेतृत्व सम्हाल्नु भएको छ । सामाजिक अभियान्ताको रुपमा स्थापित भुसाल कुनै पनि विवादमा नमुछिएका र आफैमा अधिबक्ता समेत रहनु भएका भुसाल उद्योग वाणिज्य संघको सदस्य हुदै बरिष्ठ उपाध्यक्षमा पुगेका वखत जनप्रतिनिधीमा निर्वाचित भएपछि ५ बर्ष जनताको काममा सक्रिय हुनुभयो ।

जनप्रतिनिधीको कार्यकाल सकिएसंगै कपिलवस्तु उद्योग वाणिज्य संघको कानुनी सल्लाहकारमा रहेर कृयाशिल भुसाल सम्पूर्ण उद्योगी ब्यवासायीले साथ दिएर अध्यक्ष बनाउने सकारात्मक संकेत पाएपछि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा पुग्नु भएको हो । संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले भुसाल अघि सर्दा सर्वसम्मत रुपमा नेतृत्व छनौट हुने देखिएकाले पूर्ब अध्यक्षहरुको छलफलवाट उहाँलाई अघि सार्ने निर्णय भएको वताउनुभयो । संघमा विगतदेखिको लगाव र संस्थालाई पुर्‍याएको योगदान र विगतको जिम्मेवारीले पनि भुसाल व्यवसायी माँझ लोकप्रिय भएकाले सर्वसम्मत हुने पौडेलको तर्क छ ।

वडा नं. ८ को वडाध्यक्ष हुँदा ‘हामीले सुरु गर्‍यो, समृद्धिको अभियान’ भन्ने अभियानका साथ लागि परेर वडाको विकास निर्माणमा खटिनुभएका गुणानिधि भुसाल अध्यक्षमा उम्मेद्वारी मनसाय बनाएसंगै व्यवसायी उत्साहित भएका छन् । उहाँले राजनीतिक दल भन्दा माथि रहेर सबै व्यवसायीको भावना र मर्म बुझी संस्थाको नेतृत्व गर्ने ईच्छाशक्ति सहित अध्यक्षको उम्मेद्वारको आकांक्षी रहेको बताउनुभयो । भुसालले यस क्षेत्रका व्यवसायीहरु अझै एकजुट नभई अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रचलन अन्त्य नभएकाले व्यवसायीहरुलाई एकजुट बनाई स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण तर्फ आफुले ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

विगतमा नेकपा (एमाले) को कमिटीगत जिम्मेवारी समेत संहालेका भुसाल हाल एमालेको कुनै पनि जिम्मेवारीमा भने हुनुहुन्न । त्यही भएकाले उहाँको उम्मेदवारीलाई कसैले पनि पार्टीगत लेवल लगाउन मिल्ने ठाउ नदेखिएको पूर्ब अध्यक्ष देवीप्रसाद पाण्डेले वताउनुभयो । यता उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण व्यवसायीले मलाई साथ दिएमा नेतृत्व गर्न तयार छु भन्दै उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पु¥याउन आर्थिक एजेण्डाका नीतिगत मुद्धा र योजनालाई प्राथमिकता दिने भुसालले दावि गर्नुभयो ।

यसपाली खासगरी पूर्व वरिष्ठ उपाध्यक्ष रुक वहादु भुसाल समेत अध्यक्षको संभावित आकांक्षी देखिएको वताइएपनि उहाँहरु दुबै एउटै इटटा उद्योगका साझेदार भएकाले एक आपसमा प्रतिस्पर्धा नगर्ने उद्योगी ब्यवासायीको आकलन छ । रुक वहादुर भुसाल नेपाली कांग्रेस निकट उद्योगी व्यवसायी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्