जनप्रतिनिधिलाई कारबाहीको सिफारिस


पालिका पत्र

17 September, 2026 6:50 pm मा प्रकाशित

चन्द्रौटा । नेकपा एमाले कपिलवस्तुले दुई जनप्रतिनिधिलाई कारबाहीको सिफारिस गरेको छ । विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानलाई पार्टीबाट कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।

दुवै जना गत भदौ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि एमालेले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।

एमाले जिल्ला कमिटीको बैठकले दुवै जनप्रतिनिधिलाई पार्टीबाट कारबाही गर्नुका साथै जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले दुवै जनप्रतिनिधिमाथि कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय भएको बताए ।

बैठकको निर्णय अनुसार दुबैजनालाई कारबाही गर्ने निर्णय भएको उनले बताए । अध्यक्ष खनालका अनुसार उनीहरू रास्वपाका प्रवेश गरेपछि पार्टीले त्यस विषयलाई लिएर आवश्यक प्रक्रिया अघि बढाएको हो ।

चौधरी र मुसलमान दुवै जना एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरू रास्वपा प्रवेश गरेपछि एमालेले पार्टीगत कारवाहीसँगै जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न केन्द्रमा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्