खुल्ला सिमा नियन्त्रणमा समुदायले सूचना दिनु पार्छः प्रजिअ अर्याल


पालिका पत्र

८ पुष २०८०, आईतवार १९:२८ मा प्रकाशित


 
कपिलवस्तु, पौष ०८ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले खुल्ला सिमा नियन्त्रणमा समुदायले सूचना दिनुपर्ने बताएका छन् । उनले उद्योग ब्यापार संघको सभाहलमा आइतबार भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले खुल्ला सीमामा हुने चोरी पैठारी नियन्त्रणको उत्तम उपाय समुदायको सहयोग नै भएको बताए । उनले भने समुदायले त्यसमा सही सूचना दिनेहो भने सजिलै सीमामा हुने चोरी निकासी, अपराध नियन्त्रण गर्न सकिन्छ । 

नवआगन्तुक  प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको लागि आफू गम्भिर रहेको बताए । सिमा सुरक्षा देखि हरेक तवर बाट संवेदनशील रहेको जिल्लामा आफूले प्रजिअको भूमिका पाएको भन्दै यसलाई गम्भीरताका साथ लिएको बताए ।
 
आएको छोटो समयमै धेरै सङ्घसंस्थाले आफूलाई स्वगत गर्दै सहकार्यको लागि आह्वान गरेको भन्दै खुसी समेत व्यक्त गरे । कपिलवस्तु जिल्ला खुला सिमानाका भएको जिल्ला रहेकोले सिमा नाकामा आइपर्ने समस्या समाधान गर्नमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै उहाँले लागूपदार्थ दुर्व्यसनीको समस्यालाई धेरैले उठाइरहेको भन्दै उक्त समस्या समाधान गर्न सर्वप्रथम परिवार र समाज बाट महत्वपूर्ण कदम चाल्नुपर्ने जनाए । लागूपदार्थ ओसारपसार र बेचबिखनको सन्दर्भमा आफू सचेत रहेको उनको भनाई छ ।

त्यस्तै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संघले गरेका कामहरूको चर्चा गर्दै संघको परिचय गराएका थिए । उनले समग्र जिल्लाको विकासको लागि निजी क्षेत्रका उद्योगी व्यवसायीहरू सरकार सँग सहकार्य गर्न तयार रहेकोले त्यस्तो वातावरण सिर्जना गरिदिन आग्रह गरे ।

त्यस्तै संघका संरक्षक टोपनारायण बेलबासे र पूर्व अध्यक्ष हुमानाथ पौडेलले कपिलवस्तुमा खुल्ला सिमानाकाका कारण आउने चुनौतीलाई उत्कृष्ट ढङ्ग बाट समाधान हुनेमा विश्वास व्यक्त गरे । त्यस्तै उद्योगी व्यवसायीका समस्या समाधानमा पनि प्रशासनिक तवर बाट सहयोग गरिदिन आग्रह गरे । त्यस्तै उनीहरूले बाणगङ्गा सहित कपिलवस्तुमा लागुऔषध दुर्व्यसनी समस्या टड्कारो बनिरहेको भन्दै उक्त समस्यामा देखिनेगरी काम गर्न आग्रह गरे ।

सोही कार्यक्रममा संघका सञ्चालक समिति पदाधिकारी, संघका सदस्य लगायतलाई गाय छाप ब्राण्डको उत्पादक साथी एरियल उद्योगका सञ्चालक कलामुद्धिन मुसलमानले ५० ज्याकेट उपलब्ध गराएका थिए  ।

पेशागत महासंघ जिल्ला अध्यक्ष बाबुराम पोख्रेल, संघका वित्त सल्लाहकार, प्रेम राज घिमिरे, सिया आर्ट एण्ड क्राफ्टका सञ्चालक विनय त्रिपाठी, संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्