घुस माग्ने कपिलवस्तु मालपोतका कर्मचारी कुटिए


पालिका पत्र

२० पुष २०८०, शुक्रबार १६:४९ मा प्रकाशित


कपिलवस्तु, पौष २०  । फाइल खोल्न घुस माग्ने कपिलवस्तु मालपोतका कर्मचारी कुटिएका छन । भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित् मिश्राले कँडेललाई कुटपिट गरेका हुन् । कँडेललाई कुटपिट पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर सम्पर्क बिहिन बनेका थिए । कुटपिटका कारण कँडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ ।

दुवै बिचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरू बताउँछन । यता घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ । कार्यालयले मिश्रा विरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कुटपिटको घटना आफैमा गलत भएको भए पनि कुटपिट भएका कर्मचारी कँडेलको कार्यशैली प्रति अधिकांश लेखापढी व्यवसायी असन्तुष्ट रहेको दावी छ ।

कुनै फाँटबाट अर्को फाँटमा फाइल पुराउँदा कँडेलले  खुलम खुला घुस माग्ने गरेको लेखापढी व्यवसायीले आरोप लगाए । यता कार्यालयका कर्मचारी माथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा भन्दा कडा कारवाहीको माग अगाडि बढाइने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए । प्रमुख भण्डारीले आफू आएपछि घुसखोरी तन्त्र समाप्त परेको बताउनु भयो । कहिँ त्यसो  भएको खण्डमा आफूलाई भन्न सार्वजनिक सूचना प्रकाशन गरेको उनले बताए  ।

प्रतिक्रिया दिनुहोस्