अवधी भाषा संरक्षण गर्न कृष्णनगरका मेयर शाह तत्पर


पालिका पत्र

२१ पुष २०८०, शनिबार २१:३६ मा प्रकाशित


कपिलवस्तु, पौष २१ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाह अवधी भाषा संरक्षण गर्न तत्पर रहेको बताउनु भएको छ । मेयर शाहले अवधी भाषा संरक्षणका लागि आगामी आर्थिक बर्षमा रकम विनियोजन गर्ने बताउनुभयो ।

जिल्लाको बहादुरगंजमा स्थानीय अवधी लोक साँस्कृतिक, गीत संगीत संरक्षण सम्बर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले भन्नुभयो “अवधी भाषा कय हम संरक्षण करब, आप सबलोग साथ दिहा जाय ।”

संरक्षण सम्बर्द्धन कार्यक्रमलाई सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अवधी पत्रकार संघका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले भाषा आयोगले निर्धारण गरेको निति स्थानीय तहले अवलम्बन गर्नु पर्ने बताउनुभयो ।

केन्द्रिय उपाध्यक्ष धोबीले भन्नुभयो “स्थानिय तहले भाषा सम्बन्धि निति नबनाउदा चलन चल्तीमा अवधी भाषा नआउँदा जनप्रतिनिधिबाट नै हामी ठगिएका छौँ ।” स्थानीय अवधी लोक साँस्कृतिक, गीत संगीत संरक्षण सम्बर्द्धन कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले अवधी भाषा संरक्षण गर्नुपर्ने बताएका थिए ।

अवध जागरण मिडियाको आयोजना तथा कृष्णनगर नगरपालिकाको वडा नं. ९ को सहयोगमा भएको कार्यक्रममा त्यस क्षेत्रका स्थानिय अवधी भाषी कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेको अवध जागरण मिडियाका अध्यक्ष निरहु यादवले जानकारी दिनुभयो । स्थानिय कलाकारहरुले धोबियवा, कहरवा, फगुवा, चैता, कजरी, सोहर, बिवाह लगायतका गित गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्