ब्यवसायीको हकहितको लागि अध्यक्षमा मेरो उम्मेद्वारी होः खनाल


पालिका पत्र

३ माघ २०८०, बुधबार २१:०० मा प्रकाशित

कपिलवस्तु, ०३ माघ । युवा ब्यवसायी झविन्द्र खनालले नेपाल किसान ट्रयाक्टर समिति कपिलवस्तुको आगामी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

अधिवेशन आउन ३ दिन मात्र बाँकी रहँदा उनले अध्यक्षमा उठ्ने बताएका हुन् । ट्रयाक्टर समितिको १९ औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशन यहि माघ ६ गते हुँदैछ ।

हाल समितिमा महासचिव रहेका खनालले चर्चाको लागि नभएर अध्यक्ष बन्नकै लागि उम्मेदवारी घोषणा गरेको बताए । सर्वसम्मति भए राम्रै हुने र चुनाव भए पनि आफू पछि नहट्ने उनको भनाई छ । खनालसंग प्रतिस्पर्धाको चर्चामा सल्लाहाकार मनोहर योगी र वरिष्ठ उपाध्यक्ष बेचन यादव छन् ।

अहिलेसम्म आफू ब्यवसायीको हकहितमै लागेकाले सबैबाट सहयोग पाउने खनालको विश्वास छ । यसपटक आफूलाई सहयोग गर्न योगी र यादवलाई खनालको आग्रह छ । चुनाव गराउँदा संस्थामा गुट सिर्जना हुने भन्दै सर्वसम्मतिमा सबै ब्यवसायी जानुपर्ने खनालले बताए ।

समितिमा ३ सय ५ बढी ट्रयाक्टर धनी आवद्ध छन् । अधिकांस ब्यवसायी आफ्नो पक्षमा रहेको खनालले दावी गरे । दुई कार्यकाल महासचिव खाँदा खनालले दुई कार्यकाल सचिव पदमा रहेर पनि काम गरेका थिए । नेतृत्व पाए उत्कृष्ट ढंगबाट काम गर्ने खनालले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्