उद्योग वाणिज्य संघको सह कोषाध्यक्षमा उम्मेद्वारी दावी गरेका पोख्रेल बाहिर हुदाँ व्यवसायीमा चिन्ता


पालिका पत्र

२३ माघ २०८०, मंगलवार २१:२० मा प्रकाशित

बाणगङ्गा, माघ २३ । 
कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औं वार्षिक साधारण सभा सकिएको छ भने तथा ८ औं अधिवेशन अब सुरु भएको छ । अधिवेशनबाट आगामी नेतृत्वको लागी को आउँछ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ । सर्वसम्मत नहुने माहोल बन्दै गएपछि निर्वाचनका लागि उम्मेदवारहरूले आआफ्ना प्यानलका उम्मेदवारहरू सार्वजनिक गरिरहेका छन् ।

तर छैंठौ र ७ औं अधिवेशनमा अत्याधिक मत सहित विजयी हुनुभएका इन्द्र पोख्रेल भने अधिवेशनको यो माहोलबाट बाहिर हुनुहुन्छ । जसले गर्दा अधिकांश व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । एक व्यवसायीले भने इन्द्रको इमान्दारितालाई चिनेका थियौं बाहिर छन भन्दा चिन्तित भयौँ ।  यस्ता व्यवसायी चिन्न नसक्नु ठुलो भुल हो, राजनीतिक गरेपनि ठिक्क गरेको भए हुने उनले भने । 


क्षेत्रगत सदस्य, संस्थापक वस्तुगत सदस्यमा लोकप्रिय मतका साथ विजयी पोख्रेल ८ औं अधिवेशनमा भने चर्चामा देखिनुभएको छैन ।

बाणगङ्गा नगरपालिका ८ बोडगाउँ निवासी पोख्रेल राष्ट्रपतिबाट समेत सम्मानित युवा व्यवसायी हुनुहुन्छ । वर्षौदेखि सङ्घबाट प्राप्त जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै आएका उनले कपिलवस्तु उद्योग वाणिज्य संघले लगाउने महोत्सवमा समेत विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

युवा व्यवसायी पोख्रेलले १२ औं कपिलवस्तु महोत्सवमा लाइट एण्ड साउण्ड उप समिति संयोजक बनी जिम्मेवारी गर्नुभएको थियो भने १३ औं कपिलवस्तु महोत्सवमा मञ्च व्यवस्थापन र सचिवालय उप समिति संयोजक भई कुशलतापुर्वक जिम्मेवारी पुरा गर्नुभएको थियो । उहाँ आज आयोजित १६ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको उद्घाटन सत्रको मञ्च व्यवस्थापकको रुपमा भूमिका निर्वाह गर्नुभएको छ । उहाँले बोडगाउँमा इन्द्र इलेक्ट्रिक एण्ड प्लम्बिङ सञ्चालन गर्दै आउनुभएको छ ।

संघको संस्थागत विकासका निम्ति अहोरात्र खटिने व्यवसायीमा पर्नुहुन्छ । उहाँ चुनाव नलड्ने भएपछि अहिले चर्चाको विषय बनेको छ ।


उहाँले बाहिरबाट नै सहयोग गर्दै व्यवसायीको हकहितमा काम गर्ने बताउनुभएको छ । साधारण सदस्य भएरै संस्थागत हितको लागी जहाँ जहिले पनि खटिन आफू तयार रहेको उहाँको भनाई छ । उहाँले हाल व्यवसायीहरुमा आर्थिक मन्दी छाएको भन्दै आगामी नेतृत्व सर्वसम्मत गर्न आह्वान समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्