उद्योग बाणिज्य संघको मनोनयन शुल्कले ब्यवसायी त्रसित, घटाउन माग


पालिका पत्र

२३ माघ २०८०, मंगलवार २१:४७ मा प्रकाशित

बाणगंगा, माघ २३ । कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएर अधिवेशनको प्रकृया सुरु भएको छ । आगामी ३ बर्षे कार्यकालको लागि हुने चुनावको लागि मंगलबार साँझबाट मनोनयन प्रकृया सुरु भएको हो । दावीविरोध लगायका प्रकृया सकेर माघ २७ गते चुनाव हुनेछ ।

चुनावमा मनोनयन सुरु भएसंगै मनोनयन शुल्कले ब्यवसायी त्रसित भएका छन् । संघको मनोनयन शुल्क महंगो र आम चुनावको जस्तो भएको भन्दै ब्यवसायीले घटाउनु पर्न माग अघि सारेका छन् ।

महंगीको मारमा परेका बेला त्यो दरमा शुल्क तिर्न नसकिने उनीहरु बताउँछन् । जसमा अध्यक्ष पदको लागि २५ हजार, वरिष्ठ उपाध्यक्षको लागि २० हजार, सबै उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको लागि १५ / १५ हजार, सचिव र सह कोषाध्यक्षको लागि १० / १० हजार मनोनयन शुल्क तोकिएको छ । यस्तै सदस्य पदका सबैले ५ /५ हजार शुल्क तिरेर मात्र चुनाव लड्न पाउने छन् । बुधबार ९ बजेदेखि १२ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

ब्यवसायीले यो शुल्क सांसद पदमा लडेका ब्यक्तिले तिर्नेभन्दा धेरै भएको भन्दै घटाउन माग गरेका छन् । धेरै ब्यवसायीले यो शुल्क महंगो भएको कुरा बताए । यसअघिका चुनावमा पनि यहि हाराहारीमा मनोनयन शुल्क रहेको भएपछि कोरोनापछि ब्यवसायी मारमा परेका हुनाले यो शुल्क महंगो मानेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्