कपिलवस्तु बस दुर्घटना: १० जनाको मृत्यु, ३० घाइते


पालिका पत्र

३ फाल्गुन २०८०, बिहीबार ०७:२९ मा प्रकाशित


कपिलवस्तु, फागुन ०३ ।

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो
दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । मृतकको विवरण अझै आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्