बाणगङ्गाको  ओदारीबाट हराएका शिक्षक मृत अवस्थामा फेला


पालिका पत्र

४ फाल्गुन २०८०, शुक्रबार १४:०५ मा प्रकाशित

बाणगङ्गा, फागुन ०४ । 
कपिलवस्तुको बाणगङ्गा वडा न. ११ ओदारीबाट दुई दिन अगाडि हराएका शिक्षक विमलराज आचार्य मृत फेला परेका छन् । उनी दाङको गढवा गाउँपालिकाको वडा न. २ झरौनि खोलामा बेवारिसे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।आचार्यले बाणगंगाको ओदारी माविमा अध्यापन गराउदै आएका थिए । शिक्षक आचार्यको मोटरसाइकल बाटोको छेउमै पार्किङ गरेको अवस्थामा विहीबार देखिनै रहेको थियो ।

दुई दिन सम्म बाटो छेउमै मोटरसाइकल देखेपछि प्रहरीले खोजतलास गर्दा उनको सव भेटिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविना वलिले पालिका पत्रलाई जानकारी दिइन । मृतक आचार्यको साथमा रहेको मोबाइलबाट पत्ता लगाई आफन्तलाई खवर गरिएको उनले बताइन ।  उनले अहिले सव नखोलिएको जानकारी दिइन । आफन्त आउनसाथ सव खोलिने र पोष्टमार्टम पछि जिम्मा लगाईने उनले बताइन । 

प्रतिक्रिया दिनुहोस्