वडाको अनुपम कार्य : आफैंले बनायो स्वागतद्धार


पालिका पत्र

20 February, 2024 10:50 am मा प्रकाशित

फागुन ८ गते । कपिलवस्तु सदरमुकाम स्थित जमुवार क्षेत्रमा स्वागत द्धार बनाइएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदरमुकाम प्रवेशको पूर्वी सीमामा आर्कषक स्वागत द्धारको निर्माण गरेको हो ।

सदरमुकाम प्रवेश गर्ने आन्तरिक तथा वाह्रय पर्यटकहरुको स्वागतका लागि जमुवार क्षेत्रमा हुलाकी मार्गको तौलिहवा–भैरहवा सडक खण्डमा आधुनिक स्वागतद्धारको निर्माण गरिएको छ ।

कपिलवस्तु नगरपालिका आफैंमा पर्यटकीय र सम्पदाले सम्पन्नशाली भएपनि प्रवेशद्धार निर्माण नहुँदा मुख्यतः बाह्य पर्यटकीय र यात्रुलाई असहजता सिर्जना हुने गरेको थियो । वडा कार्यालयले आफ्नै बजेटमा जमुवारटोलमा स्वागतद्धार बनाएको वडाध्यक्ष मुहम्मद जाहिद खाँले बताए ।

नगरपालिकामा आफुले नौलो अभ्यास गरेको भन्दै उनले भने, ‘प्राचीन कपिलवस्तु नगरपालिकामा प्रवेश गर्ने पर्यटक तथा यात्रुहरुलाई स्वागत गर्दै आफ्नो गन्तब्य स्थलहरुका बारेमा समेत सचेतताका लागि स्वागतद्धारले सघाउ पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्