इलाका प्रहरी कार्यालय पिपराको हिरासत कक्षमा पुस्तकालय स्थापना  


पालिका पत्र

९ फाल्गुन २०८०, बुधबार १९:२३ मा प्रकाशित


कपिलवस्तु, फागुन ०९ ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले इलाका प्रहरी कार्यालय पिपराको हिरासत कक्षमा पुस्तकालय स्थापना    गरेको छ । थुनुवाहरुका लागि लक्षित गरेर हिरासत कक्ष भित्र पुस्तकालय स्थापना गरिएको हो । समाज रूपान्तरणको अभियानमा रहेको होटल तथा पर्यटन व्यवसायी संघले थुनुवाहरु तथा कैदी बन्दीहरूको अर्को संसार पुस्तकमा रहेको उल्लेख गरेको छ । 


यसै बिचमा संघका अध्यक्ष रबिन्द्र पौडेलले  कैदीबन्दी तथा थुनुवाहरुको हीनताबोध अन्त्य गर्नका लागि पुस्तकालय स्थापना गरिएको बताए । उनले कैदी हुँदैमा अपराधीको हिसाबले हेर्नु नहुने भन्दै उनीहरूलाई पनि सम्मान गर्नुपर्ने बताए । अध्यक्ष पौडेलले  विभिन्न कला साहित्य, सफल जिन्दगीका कथा, आम सञ्चार, मानव अधिकार, कानुन लगायतका पुस्तकहरू भएमा पुस्तकालयमा सहयोग गर्न आग्रह गरे । उनले यस्ता पुस्तक अध्ययन गर्न दिँदा मानसिकरूपमा सकारात्मक सोचले परिवर्तन हुने र आपराधिक क्रियाकलाप मा न्यूनिकरण बताए । 

 उता इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले  विभिन्न मुद्दामा थुनुवा भएका र वर्षौँसम्म बाहिरी संसार नियाल्न नपाएका तथा बन्दी जीवन बिताइरहेका कैदीहरूका लागि पुस्तक अध्ययन गर्नाले  सकारात्मक परिवर्तन देखिने बताए । उनले त्यस्ता खालका पुस्तक भएमा इलाका प्रहरी कार्यालय पिपरामा सहयोग गर्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्