कपिलवस्तु पिपरी हत्याकाण्ड अपडेटः युवकको टाउको भेटियो, २ जना पक्राउ  


पालिका पत्र

११ फाल्गुन २०८०, शुक्रबार १५:५० मा प्रकाशित

कपिलवस्तु, फागुन ११ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाँउमा  हत्या गरिएका युवकको टाउको भेटिएको छ । युवकको हत्या गरी कुलो मा गाडिएको शव देखी २ सय मिटर पुर्व कुलोमा जलाएर गाडिएको अवस्थामा टाउको भेटिएको हो । शुक्रवार उनको टाउको भेटिएको हो ।

चारदिनअघि पिपरी स्थित खेतको बीचमा महराजगञ्ज नगरपालिका वडा नम्बर ६ भलवारीका २७ बर्षिया शिव कुमार कुर्मीको कुलोमा गाडिएको अवस्थामा सव फेला परेको थियो । उनको विभत्स हत्या गरी गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको शरीर र गुप्ताङ्ग जलेको अवस्थामा थियो ।

शिव कुमारको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन । हत्याको आरोपमा स्थानीय पुष्पादेवी (गुडिया) उपाध्याय र श्याम कुमार उपाध्यायलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले बताए । उनीहरूलाई गत सोमवार पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान प्रकृयामा अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्