दुई पालिकाका किसानलाई आलु भण्डारणमा ५० प्रतिशत छुट


पालिका पत्र

१४ फाल्गुन २०८०, सोमबार ११:४१ मा प्रकाशित

शिवराज, फागुन १४  ।

कपिलवस्तुको शिवराज नगरपालिका ६ गड्गौदामा रहेको गुमानसिंह कोल्ड स्टोरेजमा आलु भण्डारण गर्दा ५० प्रतिशत छुट हुने भएको छ।

गुमानसिंह कोल्ड स्टोरेज एक सूचना जारी गर्दै शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाका किसानलाई चिस्यान केन्द्रमा आलु भण्डारण गर्दा ५० प्रतिशत छुट दिने जानकारी गराएको छ ।

विगत २ वर्ष देखि स्टोरेज सञ्चालनमा रहेको छ। यही चैत १ गते देखि किसानका लागि कोल्ड स्टोरेज खुल्ला रहेको सञ्चालक अच्युत टन्डनले बताए ।

प्रतिक्रिया दिनुहोस्