तेह्र विशेषता सहितको बाणगङ्गा नगरको आफ्नै लोगो 


पालिका पत्र

२० फाल्गुन २०८०, आईतवार २२:०७ मा प्रकाशित

बाणगङ्गा, फागुन २० ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नगरको लोगो छनौट गरेको छ । बैठकले विगत लामो समयदेखि प्रकृयामा रहेको नगरपालिकाको लोगो छनौट कार्य अन्तिम टुङ्गोमा पुर्याएको हो । वाणगङ्गा ४ का प्रकाश घिमिरेले तयार गरेको लोगो उत्कृष्ट छनौटमा परेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताए ।

वाणगङ्गा नगरपालिकाले लोगो निर्माणको लागि सार्वजनिक सूचना आह्वान गरेको थियो । जसमा ३२ जनाले नगरपालिकामा लोगो पेश गरेका थिए । ३२ बाट ६ जना दोश्रो चरणका लागि छनौटमा परेको थियो । ६ मध्येबाट प्रकाश घिमिरेको लोगो छनौट भएको हो । उत्कृष्ट लोगो तयार गर्नेलाई नगरपालिकाले ३० हजार पुरस्कार राखेको थियो ।
बाणगङ्गा नगरपालिकाको प्रस्तावित लोगोको १३ विशेषता रहेको निर्माता प्रकाश घिमिरेले जानकारी दिए । 

वाणगङ्गा नगरको छनौटमा परेको उत्कृष्ट लोगोको के छन् त विशेषता 

१. बाणगङ्गाको नाम सहित जोडिएको बाणगङ्गा नदी
२. बाणगङ्गा नगरपालिकाले पहिचान गरेको नारा
३. बाणगङ्गाको क्षेत्रमा रहेको पुर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग
४. सामाजिक समावेशीकरण र महिला पुरुषको समान सहभागिताको संकेत महिला पुरुषको हात
५. बाणगङ्गा नगरपालिकाको ११ वटै वडाहरुको संकेत गरिएको नक्सा
६. बाणगङ्गा नगरपालिकाको महत्वपूर्ण खेती धान, गहुँ, तोरी, मकै सुर्यमुखीको संकेत
७. नेपालको नक्सा, राष्ट्रिय झण्डा र प्रदेशको नाम समेत समेटिएको
८.  बाणगङ्गाको व्यवस्थित तथा व्यवसायीक र आवास क्षेत्रको संकेत
९. बाणगङ्गा नगरपालिकाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको संकेत
१०. बाणगङ्गा नगरपालिकाको उर्वरभूमि
११. थारू संस्कृति झल्कने ढकियाको संकेत
१२. बाणगङ्गा ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रतिनिधित्व गर्ने पार्क
१३. बाणगङ्गा नगरपालिकाको महत्वपूर्ण सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको संकेत

प्रतिक्रिया दिनुहोस्