शिवराज नगरपालिकामा १० दिने शल्यक्रियासहितको आँखा शिविर संचालन हुने


पालिका पत्र

५ चैत्र २०८०, सोमबार १७:५७ मा प्रकाशित

शिवराज, चैत्र ०५ ।

कपिलवस्तुको शिवराज नगरपालिकाले शल्यक्रियासहितको आँखा शिविर संचालन गर्ने भएको छ । नगरपालिकाले आँखाका विरामिहरुलाई मध्यनजर गर्दै शिविर संचालन गर्ने भएको हो ।

नगरपालिकाले छन्द कालेबाबु नारायणी आँखा अस्पताल संगको सहकार्यमा निःशुल्क शल्यक्रिया सहित आँखा शिविर संचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले पालिका पत्रलाई जानकारी दिए ।

नगरपालिकाले सूचना जारी गर्दे शिवराजको विभिन्न स्थानमा चैत्र १४ गतेदेखि २४ गते सम्म शिविर संचालन गरिने सूचनामा उल्लेख गरिएको छ ।

उक्त शिविरबाट शल्यक्रिया गर्नुपर्ने भनि पहिचान भएका मोतियाविन्दुका बिरामीहरुलाई छन्द ‘कालेबाबु’ नारायणी आँखा अस्पताल वहादुरगञ्जमा लिई निःशुल्क शल्यक्रिया गर्ने आँखा अस्पताल बहादुरगंजका प्रशासन प्रमुख जसराज विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्