बाणगङ्गाको पिपरा अस्पतालमा २ दिने निःशुल्क आँखा शिविर सञ्चालन हुँदै 


पालिका पत्र

५ चैत्र २०८०, सोमबार १८:१६ मा प्रकाशित

बाणगङ्गा, चैत्र ०५ ।
बाणगङ्गाको पिपरा अस्पतालमा २ दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।  नगरपालिकाले छन्द कालेबाबु नारायणी आँखा अस्पताल सँगको सहकार्यमा निःशुल्क शल्यक्रिया सहित आँखा शिविर सञ्चालन गर्न लागेको हो । 

यही चैत्र ६ र ७ गते सञ्चालन हुने शिविरमा वडा न. १, २, ३, ४ र वडा न. १० र ११ को ६ गते मंगलबार चेकजाँच गरिने तथा वडा न. ५, ६, ७, ८ र ९ को ७ गते बुधवार जाँच गरिने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्