तौलिहवामा पुर्व क्रिकेट खेलाडीको स्मृतिमा क्रिकेट प्रतियोगीता


पालिका पत्र

६ चैत्र २०८०, मंगलवार ०९:१० मा प्रकाशित

चैत्र ६ गते । कपिलवस्तुको तौलिहवामा दिवंगत १० जना पुर्व क्रिकेट खेलाडीको स्मृतिमा टि-ट्वान्टी क्रिकेट प्रतियोगीता सुरु भएको छ । जिल्ला क्रिकेट संघ कपिलवस्तुको आयोजनामा बुद्धपदम माबिको खेल मैदानमा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बलीङ र लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले ब्याटिङ्ग गर्दै खेलको उद्घाटन गरे । सो अवसरमा प्रदेश सभा सदस्य पाण्डेयले यस्ता प्रतियोगीताले खेलाडीले अवसर पाउनुका साथै प्रतिभाको समेत बिकास हुने बताए । उनले खेल क्षेत्रको विकासमा तीनै तहका सरकारले बजेट बढाउदै लानु पर्ने बताए ।

सो अवसरमा प्रमुख पौडेलले क्रिकेट खेलको नेपालमा क्रेज बढेको बताए । उनले संघले समेत क्रिकेट खेलको विकासका लागि खेलको आयोजना गर्नु राम्रो काम भएको र नगरपालिकाको समेत यसमा साथ हुने बताए ।

सो अवसरमा संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले क्रिकेट खेलको विकासका लागि संघले हरेक बर्ष क्रिकेट खेल गर्ने गरेको बताए । उनले क्रिकेटका विकासका लागि सबैले लगानी बढाउनु पर्ने बताए ।

संघका जिल्ला अध्यक्ष गैरेको अध्यक्षतामा भएको उदघाटन सत्रमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अशोक कुमार गुप्ता, वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी लगायतको सहभागीता थियो ।

प्रतियोगीतामा प्रथम हुनेलाई ३० हजार र द्धितीय हुनेलाई १५ हजार प्रदान गरिने छ । प्रतियोगीतामा ६ वटा टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्