ग्लोवल मनी विकमा लक्ष्मी सनराइज : बिद्यार्थीलाई वित्तीय सचेतना


पालिका पत्र

१० चैत्र २०८०, शनिबार ११:३७ मा प्रकाशित

चैत्र १० गते । विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक-२०२४) को अवसरमा लक्ष्मी सनराइज बैंकले वित्तीय साक्षरता लगायत विभिन्न कार्यक्रम गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने उदेश्यले अर्गनाईजेशन अफ इकोनोमिक कोअप्रेसन एण्ड डेभलभमेन्ट (ओईसिडी) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ ।

उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको हो । यस अवसरमा लक्ष्मी सनराइज बैंक तौलिहवा शाखाले सदरमुकाम स्थित तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयका ६० भन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरेको छ ।

प्रोटेक्ट योर मनि, सेक्युर योर फ्युचर भन्ने नारासहित संचालित उक्त कार्यक्रममा बैंकको तौलिहवा शाखा प्रमुख बिकास श्रीवास्तवले प्रस्तुतिकरण गरेका थिए । बालबालिका तथा युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा जानकार बनाउन, उनीहरुलाई वित्तीय निर्णय लिन क्रमिक रुपमा ज्ञान, सीप, आत्मबिश्वास तथा व्यवहार अभिवृद्धि गराउन र वित्तीय ज्ञान दिई भविष्यमा साक्षर र सक्षम नागरिकको रुपमा अघि बढ्न प्रेरित गर्ने अभिप्रायले बैंकले देशब्यापी रुपमा साक्षरता कार्यक्रम संचालन गरिरहेको उनले बताए ।

बिद्यार्थीहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृति विकास गर्ने, सहभागीहरुलाई बचत, लगानी र सुरक्षण सम्बन्धमा जानकारी प्रदान गर्ने र शिक्षक एवं विद्यार्थीहरुसँगको सहकार्यमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेश्य सहित बैंकले कार्यक्रम उक्त कार्यक्रम सञ्चालन गरेको लक्ष्मी सनराइज बैंक तौलिहवा शाखा रिलेशनसिप म्यानेजर किरण जिसी बताउँछन् ।

सचेतीकरण कार्यक्रममा शाखा सेवा प्रमुख अप्रेशन इन्चार्ज बिराट भण्डारी, बिद्यालय शिक्षक, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्