महाराजगन्ज नगरपालिकाका वडाध्यक्ष घुससहित पक्राउ


पालिका पत्र

१८ चैत्र २०८०, आईतवार १५:५३ मा प्रकाशित

कपिलवस्तु, चैत्र १८। कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ का अध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन् । अख्तियारको टोलीले कार्यकक्षबाट घुससहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उपसचिव भेषराज रिजालले जानकारी दिनुभयो । उजेरबाट घुसवापत लिएको १५ हजार रकमसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्