तिलौराकोट गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश


पालिका पत्र

१९ चैत्र २०८०, सोमबार १९:१३ मा प्रकाशित

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप तस्बीर: जानु पाण्डे ।

बाणगङ्गा, चैत्र १९ ।
कपिलवस्तुको वाणगङ्गामा जारी तिलौराकोट गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ । 
सोमवार साहारा क्लब पोखरा लाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले गोल गरेका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा पृथ्वी चौधरीको पासमा शिशिरले गोल गरेका हुन् ।

दोस्रो हाफको १७ मिनेटमा साहारा गोल हान्ने अवसर गुमाएको थियो । पुलिसका खेलाडीले डिबक्समा हातले बल छोए पछि साहाराले पेनाल्टी हान्ने अवसर पाएको थियो । साहाराका कप्तान सुशील लामा दायाँ छेउमा हानेको बल प्रहरीका गोल किपर सन्जीत श्रेष्ठले रोक्नु सफल भए । पुलिसले थ्रि स्टार क्लब सँग सेमिफाइनल खेल्ने छ ।

प्रतियोगितामा आइतबार भएको खेलमा मच्छिन्द्र क्लबलाई ट्राइवेकरमा पराजित गर्दै हनामी बिएफसी चितवन सेमिफाइनल प्रवेश गरेको थियो । मछिन्द्रका कप्तान तथा राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तीले पेनाल्टी मिस गर्दा मछिन्द्र ५–४ गोल अन्तरले पराजित भएको आयोजक कपिलवस्तु  जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्