कोइलीचौरको अनुकरणीय कामः अतिक्रमित क्षेत्र हटाएर पर्यटन प्रवर्द्धन गर्न पोखरी निर्माण 


पालिका पत्र

२४ चैत्र २०८०, शनिबार १२:३६ मा प्रकाशित

बाणगङ्गा, चैत्र २४ ।

कपिलवस्तुमा रहेको कोइलीचौर सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै ज्येष्ठ वनको रूपमा परिचित छ । बाणगंगा ९ भर्तापुर र भर्लाबासमा रहेको यो वनको सक्रियतामा एउटा अनुकरणीय कामको शुरूवात गरेको छ ।

कोइलीचौर सामुदायिक वनले वन क्षेत्रको अतिक्रमण रोक्न अतिक्रमित क्षेत्रलाई हटाई दुई हेक्टर क्षेत्रफलमा ३ सय ४० मिटर लम्बाइ रहेकोे पोखरीको निर्माण कार्य धमाधम भई रहेको छ ।

सो ठाउँमा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ सो कामको थालनी गरिएको कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामनी भुसालले बताए ।

यस ठाउँमा रमणीय पार्क, माछा पालन, वनभोजस्थल रहने एंम् डुंगा संचालन २०८१ असारसम्ममा संचालन हुने र सो डुंगा संचालनका लागि बाणगंगा ९ बाट वैदेशिक रोजगारमा गएका युवाहरुको सहयोग रहने अध्यक्ष भुसालले बताएका छन् ।

साथै सो कामको लागत ४० लाख लाग्ने अनुमान गरिएको छ । यस अतिक्रमित क्षेत्रलाई कोइलीचौर सामुदायिक वनबाट सौन्र्दयिकरण गर्ने कामको डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत विजयराज सुबेदीले समेत अनुगमन गरेका थिए ।

सो वनको नमुना कामबाट स्थानीय युबाहरुको जिविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोइलीचौर सामुदायिक वनमा ४ सय ८० उपभोक्ता आबद्ध रहेको एंव् दुई सय १८ हेक्टर क्षेत्रफलमा रहेको समूहका सचिव सुष् क्षेत्रीले जानकारी गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्