बाणगङ्गा – १० मा स्वास्थ्य शिविर: ७५ बढी महिला लाभान्वित


पालिका पत्र

२९ चैत्र २०८०, बिहीबार २१:३४ मा प्रकाशित

बाणगङ्गा, चैत्र २९ । बाणगङ्गा नगरपालिका वडा न. १० पटना सञ्चालन भएको पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट ७५ बढी लाभान्वित भएका छन् । वडा न. १० को आर्थिक सहयोग तथा पटना स्वास्थ्य चौकीको आयोजनामा विहीबार स्वास्थ्य जाँच गराएका हुन् ।

खासगरी पटनाका महिलाको स्वास्थ्य तथा पाठेघर जाँचसम्बन्धी स्वास्थ्य शिविर वडा कार्यालयले स्वास्थ्य चौकीमै सञ्चालन गरेको र शिविरमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, भिडियो एक्सरे तथा परामर्श सेवा उपलब्ध गराइएको बाणगङ्गा –१० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले बताए ।

पोख्रेलले आगामी दिनमा पनि पटनाका स्थानीयबासीलाई गुणस्तरीयता स्वास्थ्य सेवा दिनका लागि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य शिविर गाउँ केन्द्रित गरिने बताए । सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलामा प्रजनन स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा सङ्क्रमण भएर क्यान्सर हुने जोखिम हुने गरेकोले शिविर आयोजना गरिएको पटना स्वास्थ्य चौकीका इन्चार्ज परशुराम थारूले बताए ।

शिविरमा कपिलवस्तु जिल्ला अस्पतालका चिकित्सक डा। सञ्जय चौधरी, पिपरा अस्पतालका चिकित्सकद्वय डा. तेजेन्द्र चौधरी, डा. गणेश क्षेत्रीले महिलाहरूको स्वास्थ्य जाँच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्