बाणगङ्गामा आगलागीः करिब १२ लाख बराबरको क्षति


पालिका पत्र

१० बैशाख २०८१, सोमबार १४:२९ मा प्रकाशित


बाणगङ्गा, १० वैशाख ।


कपिलवस्तुको बाणगङ्गामा आगलागी हुँदा करिब १२ लाख बराबरको क्षति भएको छ । सोमवार बिहान करिब पौने १० बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको हो । बाणगङ्गा वडा न. ८ पुलचोकको खड्क कलौनिमा आगलागी भएको हो । 
आगलागीबाट एउटा बंगुर फर्म जलेर नष्ट भएको छ ।

त्यस्तै तिन वटा टहरा जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय दिल बहादुर थापाका ६ वटा माउ बंगुर  र ३ वटा बच्चा बंगुर मरेको जनाईएको छ । बङ्गुर फर्ममा लागेको आगोका कारण साना ठूला गरि करिब ९ वटा बङ्गुर मर्दा करिब ८ लाख बराबरको क्षति भएको छ ।

 यस्तै केशव बहादुर थापा, दुध बहादुर चौधरी र बालकुमारी सुनार को घर जल्दा १ / १ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताए ।


आगो केही घण्टा पछि बाणगङ्गा, कपिलवस्तु र शिवराज नगरपालिकाको ३ वटा दमकल, १ वटा ट्याङ्कर, जनपथ प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा  नियन्त्रणमा आएको थियो । 

प्रतिक्रिया दिनुहोस्