लगानी सम्मेलनका १ सय ५२ परियोजनामा समेटियो शितगंगा नगरपालिका 


पालिका पत्र

१३ बैशाख २०८१, बिहीबार २१:३१ मा प्रकाशित

शितगंगा, वैशाख १३ । 

नेपालले वैशाख १६ र १७ गते सरकार तेस्रोपटक लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनको सोकेसमा देशभरका १ सय ५२ परियोजना राखिँदैछ । ४ वटा ठूला परियोजनामा विकास सम्झौता पनि हुँदैछ जसमा कपिलवस्तुको एक योजना पनि छ । २०७३ सालको पहिलो लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता आएको थियो । २०७५ सालमा दोस्रोपटक २३ खर्बका परियोजना प्रस्तावित भए । प्रतिबद्धता धेरै भए पनि लगानी करिव १ खर्ब मात्र आयो । लगानी सम्मेलन गरी उद्यमी र व्यवसायी लगायत यसपालि ५३ देशबाट लगानीकर्ता आउने समाचार उत्साहजनक छ ।


यस पटक लगानी सम्मेलनको सोकेसमा रहन १ सय ५२ परियोजना मध्ये शितगंगा नगरपालिकाको योजना समेत छ यसले लगानीकर्ता लाई कति आकर्षण गर्छ हेर्न बाँकी छ । शितगंगा नगरपालिकाले पर्यटन र पर्यावरणको क्षेत्रमा लगानी गर्न आकर्षित गर्ने उद्देश्यले शितगंगा २ मा रहेको यस क्षेत्रकै उच्च स्थल साउनेथुमलाई सिफारिस गरेको थियो देशभरबाट भएका हजारौं योजना मध्ये साउनेथुम सोकेसमा पर्नुले पनि यो लगानीको लागि सम्भाब्यस्थल भन्ने बुझ्न सकिन्छ । सुपादेउराली मन्दिरमा आउने लाखौ भक्तजनहरू र प्रकृति सँग रमाउने र साहसिक पर्यटकहरूलाई साउनेथुममा पुराएर गर्न सकिने आम्दानी लाई आकर्षक योजना बनाएर लगानी गर्न विदेशी तथा स्वदेशी लगानीकर्तालाई लगानी सम्मेलनमा शितगंगा नगरपालिकाले आकर्षित गर्ने प्रयास छ ।


अहिले पनि शितगंगा नगरपालिकाले वाइटवाल नाम दिएर त्यहाँ काम सुरु गरेको छ त्यही रहेका ढुंगा बिछाएर सिँढीहरू निर्माण गरेर शितगंगाका अधिकांश स्थल र हिमाल देखी तराइका फाँट सम्म देखिने मनोरम प्राकृतिक आनन्द दिने यो स्थान करिव २३ सय मिटर उचाइ छ त्यहाँ पुग्ने सिडि बनाएर पर्यटकहरूलाई पदयात्रा र अन्य जिपलाइन देखि केबुलकार सम्मका सम्भावना यस स्थलमा छन लगानी सम्मेलनमा सुपादेउराली सँग साउनेथुम सम्म जोडेर लगानी गरेर आम्दानी गर्न सकिने प्राप्त सम्भावनाहरू लगानीकर्ताहरूलाई प्रस्तुत गरिने छ ।लगानी सम्मेलनमा प्रमुख रुपमा चीन नेपाल मैत्री औद्योगिक पार्क, माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना कोहलपुर र वाणगङ्गामा ४० मेगावाट क्षमताको सोलार परियोजनाको विकास सम्झौता समेटिएको छ। 

ती सबै चिनियाँ लगानीका परियोजना हुन्। लगानीकर्तासामु ९ खर्ब रुपैयाँ बराबरका १५३ परियोजना प्रस्तुत गर्ने तयारी गरेको छ । ती परियोजनाको प्रस्तुति हेरेर लगानीकर्ताले लगानीको प्रतिबद्धता गर्न सक्छन्  कपिलवस्तुमा बन्ने बाणगङ्गा सोलार परियोजना १२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा भने सिंगापुरको लगानी आउँदै छ । ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्टसहित यो परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले बाँके र कपिलबस्तुमा २१ अर्ब ६० करोड लगानी गर्दै छ । यस्तै अर्घाखाँचीकै नौमुरे बहुउद्देश्यीय आयोजना लगानीका लागि सम्भाव्य देखिएका १४ परियोजनामा समावेश छ । त्यसमा दुई सय १८ मेगावाटको क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्