बाणगङ्गाबाट एक महिला हराइन, खोजीमा सघाउन परिवारको आग्रह


पालिका पत्र

१७ बैशाख २०८१, सोमबार १२:१५ मा प्रकाशित

कपिलवस्तु, वैशाख १७ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बण्डौलीकी एक महिला हराएकी छन् ।स्वभाविक रुपमा घरमा रहेको अवस्थामा यही वैशाख १६ गते आइतबारदेखि रीमा पुन ‘थापा ‘मगर’ नाम गरेकी २४ वर्षकी महिला हराएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पारिवारिक श्रोतले  दिएको जानकारीअनुसार रीमा घरबाट निस्कँदा पहेँलो सर्ट, रातो सुरुवाल र रातो चप्पलमै निस्किएकी छन् । आफू जाने ठाउँबारे जानकारी नदिई निस्केको हुनाले साँझसम्म प्रतीक्षामा बसेको र साँझसम्म नआएपछि खोजी कार्यमा लागेको उहाँकी आमाजु उषा कुमाल बिकले बताइन् ।

उनका अनुसार परिवारमा श्रीमानसँग सानो मतभेद भएको थियो । रिमाको अवस्थाबारे इलाका प्रहरी कार्यालय पिपरा र सरोकारवालालाई जानकारी गराइएको कुमालले बताइन् ।


रीमा हराएपछि आफू, परिवार र आफन्त तनावमा रहेकाले चाँडै फर्कन रिमालाई कुमालको आग्रह छ । उनको गत असोजमा बिहे भएको कुमालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्