गर्मी बढेपछि बिहानमात्रै विद्यालय खोल्न निर्देशन


पालिका पत्र

६ जेष्ठ २०८१, आईतवार १९:५७ मा प्रकाशित

जेठ ६ गते । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा कपिलवस्तु नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ। नगरपालिका अन्र्तगतका बिद्यालयहरुमा सोमबारदेखि बिहानी कक्षा सञ्चालन गर्न गराउन नगरको शिक्षा शाखाले निर्देशन जारी गरेको हाे ।

बिगत केहिदिन देखि तराई क्षेत्रमा बढ्दै गएको अत्यधिक गर्मी कारण पठनपाठनका क्रियाकलाप गर्न कठिनाई उत्पन्न भएको भन्दै उक्त निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर क्षेत्रमा सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयमा बिहान ६ बजेदेखि स‌‌चालन हुने गरि पठनपाठन गर्ने/गराउने निर्णय गरेको हो । बिद्यालयलाई तोकिएको पाठ्यक्रमको क्रेडिट आवरमा फरक नपर्ने गरि कक्षा संचालन गरिने शिक्षा अधिकृत युवराज भुसालले बताए ।

बाह्र वडा रहेको कपिलवस्तु नगरपालिकामा ५२ वटा सामुदायिक र ३१ संस्थागत विद्यालय तथा २७ वटा धार्मिक मदरसा सञ्चालनमा छन् । यसैगरि बिद्यालय बाहिर रहेका समुदायमा संचालित बाल बिकास केन्द्रको संख्या १६ वटा छन् ।

प्रतिक्रिया दिनुहोस्