चार सूचकका आधारमा बाणगङ्गाका वडाहरूलाई नगरको बजेट


पालिका पत्र

७ जेष्ठ २०८१, सोमबार २१:२८ मा प्रकाशित


बाणगङ्गा, जेठ ०७ ।
बाणगङ्गा नगरपालिकाको कार्यापालिका बैठक सम्पन्न भएको छ । बैठक नगरपालिकाको आफ्नै भवनमा सोमबार  सम्पन्न भएको हो । बैठकले आर्थिक वर्ष २०८१ / ८२ को लागी वडाहरूलाई बजेट सिमा निर्धारण गर्ने निर्णय गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए । क्षेत्रफल, जनसंख्या, भौगोलिक विकटता र आन्तरिक आय गरि चार ओटा सूचकका आधारमा बजेट सिमा निर्धारण गरिएको उनले बताए । उनका अनुसार वडाहरूले न्यूनत्तम ९४ लाखदेखि १ करोड ३५ लाखसम्मको बजेट सिलिङ प्राप्त गरेका छन् । वडाले प्राप्त गरेको यो सिलिङ विगतका आर्थिक वर्षकै हाराहारीमा हो ।

प्रवक्ता पौडेलले वडाले भेलामार्फत योजना माग गरि यही जेष्ठ २५ गतेभित्र योजनाहरू नगरपालिकामा पेस गर्नुपर्ने बताए । उनका अनुसार उक्त पेस गरिएका योजनाहरूभित्र कम्तिमा २० लाख भन्दा बढी रकमको एउटा गौरवको योजना अनिवार्य रुपमा समावेश हुनुपर्ने छ ।

बैठकले योजना छनोट गर्दा वडाहरूलाई आवश्यक मार्गदर्शन समेत दिएको छ । सो बैठकमा नगरप्रमुख चक्रपाणी अर्यालले चालु आर्थिक वर्षका योजनाहरू छिटो सक्न निर्देशन दिएका थिए । सो बैठकमा उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्