मेयर थापाले भाईरल चट्टानी डाँडोमा जब बनाए शिव महादेब !


पालिका पत्र

११ जेष्ठ २०८१, शुक्रबार १९:४८ मा प्रकाशित

शिवराज, जेठ ११ । शिवराज नगरपालिकाको पश्चिम जंगलमा पर्ने भाइरल चट्टानी डाँडामा शिवको शिव महादेब बनाएका छन् । नगरपालिकाको वडा नम्बर १ मा चन्द्रौटा बाट दाङतर्फ जाने क्रममा महेन्द्र राजमार्गसँग जोडिएको एउटा डाँडो छ । उक्त डाँडो वरिपरिको क्षेत्र शिवगढीको नाममा चर्चित छ ।

उक्त डाँडो नजिक पर्दा जो कोहि पनि रोकिएर फोटो तथा भिडिओ खिचाउने गर्दछन् । आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्ने भएकाले त्यसलाई पर्यटकीय रुपमा नै अघि बढाउने गरी नगरपालिकाले भगवान शिवको ठुलो आकृति बनाएको नगरप्रमुख अजय थापाले बताएका छन् । धार्मिक पर्यटन बढाउन आफूहरु यो योजनामा लागेको उनले बताए । डाँडाको भित्तामा शिवको आकृति देख्न पाइने थापाले बताए ।

फेसबुकमार्फत पनि उनले यो कुराको पनि जानकारी गराएका छन् । विहिबार साँझ एक सन्देश लेख्दै मेयर थापाले लेखेका छन्
‘शिवराज नगरपालिकाको धार्मिक पर्यटकिय स्थल शिवगढी मन्दिर र हाम्रो गौरव शिवगढी किल्ला प्रवेश गर्ने महेन्द्र राजमार्ग सड्क खण्ड शिनपा १ भाइरल डाँडालाई भगवान शिवको आकृति र सुन्दरता दिने कार्य निर्माणाधीन अवस्थामा।’

शिवको आकृति बनेको खण्डमा अझै पर्यटनलाई टेवा पुग्ने उनको भनाई छ । पेन्टिङमार्फत शिवको आकृति बनिरहेको छ । उनका अनुसार अब चाँडै नै आकृति दिने काम सकिने छ ।

प्रतिक्रिया दिनुहोस्