बाणगङ्गा नगरपालिकामा कृषि मेलाः उत्कृष्ट बन्यो ‘जियो कृषि’


पालिका पत्र

१३ जेष्ठ २०८१, आईतवार २२:१५ मा प्रकाशित


बाणगङ्गा, जेठ १३ । 
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आयोजित तिन दिने कृषिमेलामा डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र ‘जियो कृषि’ उत्कृष्ट बनेको छ । नेपाल बीउ मल परियोजना (सिमिट) को आयोजनामा भएको कृषि मेलामा सहभागी भएका स्टलहरू मध्ये जियो कृषि डिजिटल एप्सको स्टल उत्कृष्ट भएको थियो । 


कार्यक्रममा उत्कृष्ट स्टलको रुपमा जियो कृषि डिजिटल एप्सलाई सम्मान समेत गरिएको छ । उत्कृष्ट र कृषि सम्बन्धी प्रविधि र ज्ञान दिन जियो कृषि डिजिटल एप्स सफल भएको बाणगङ्गा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्यालले बताए । उनले आधुनिक प्रविधिको विकास सँगै कृषकहरूलाई डिजिटल प्रविधिमा जोड्न यस जियो कृषिले महत्वपूर्ण भूमिका खेलेको बताए । मेयर अर्यालले कृषिलाई व्यवसायिकरण  र प्रविधि युक्त नगर्दा सम्म देशको आर्थिक उन्नति हुन नसक्ने बताए । उनले जियो कृषि जस्ता डिजिटल प्लेटफर्महरुले कृषिलाई सही समयमा सही सूचना दिन समेत सघाउने बताए । नगरलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले विभिन्न कार्यक्रम गरेको र कृषका उत्पादन तथा जानकारी पाउन नगरमै जियो कृषिको डिजिटल मेसिन समेत राखेको बताए । उनले बाणगङ्गा नगरपालिका कृषि उत्पादनमा अघि बढिरहेको बताउँदै कृषि क्षेत्रलाई आधुनिकता तर्फ लैजान जरुरी रहेको उनको भनाई छ । 


यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कृषिमा सफल हुनको लागि कृषिमा यान्त्रिकीकरण र वैज्ञानिकीकरण हुन आवश्यक रहेको बताए । उनले कृषिलाई नतिजाउन्मुख नबनाए सम्म देश आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै व्यापार घाटालाई कम गर्न व्यवसायिक तथा डिजिटल कृषिमा जोड दिनुपर्ने बताए । 


नगर कृषि शाखा प्रमुख लेस बहादुर केसीले कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दै कृषकका समस्या समाधान गर्न जियो कृषिले ठूलो सहयोग गरेको बताए । उनले बाणगङ्गालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि नगरले विभिन्न समयमा कृषकको लागि विभिन्न कार्यक्रम गरिरहेको र डिजिटल प्रविधिहरू पनि विस्तार गर्दै आएको बताए ।

 
जियो कृषिले पछिल्लो समय कृषकका समस्याहरू डिजिटल माध्यमबाट एप्स मार्फत समाधान गर्दै आएको छ । एप्स मार्फत हरेक खेतीको विषयमा कृषकलाई आवश्यक जानकारी र उनीहरूको समस्या समाधान गर्दै आएको जियो कृषिका गण्डकी तथा लुम्बिनी प्रदेश संयोजक बिनोद बि. क ले बताए । उनले अहिले धेरै कृषकहरू एप्समा जोडिएर आफ्ना समस्याहरू पहिचान गरी समाधान गर्दै आएको उनको भनाई छ । जियो कृषि एप्स विभिन्न कृषि विकासको बारेमा ज्ञान सिक्ने र आदानप्रदान गर्ने थलो बन्दै गएको छ । जियो कृषिले कृषि उत्पादन, बजारीकरणसँगै कृषकलाई एकआपसमा जोड्दै आएको कृषको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्