अत्यधिक गर्मीः कपिलवस्तु नगरपालिका विद्यालय तीन दिन बन्द


पालिका पत्र

१४ जेष्ठ २०८१, सोमबार १६:०९ मा प्रकाशित

कपिलवस्तु, जेठ १४ । कपिलवस्तु नगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कपिलवस्तु आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।

कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।

गर्मीका कारण नगर क्षेत्र भित्र रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू जेठ १६ गते देखि १८ गते सम्म बिदा दिइएको उनको भनाइ छ । नगरले जेठ ७ गते देखि बिहानी कक्षा सञ्चालन गदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्