१२ रोपनी बाँझो जग्गामा खेती सुरु गर्ने शितगंगा नगरपालिकाको तयारी


26 November, 2024 6:43 pm मा प्रकाशित

हरि घिमिरे, ११ मंसिर ।

देशकै ठूलो नगरपालिकाका रूपमा चिनिएको अर्घाखाँचीको शितगंगा नगरपालिकाले बाँझो जग्गा सदुपयोग गरी कृषि उत्पादन बढाउने योजना अघि बढाएपछि स्थानीयबासी खुसी भएका छन्।

नगर प्रमुख छबिलाल पौडेलका अनुसार बाँझो जग्गा राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै खेतीयोग्य जग्गालाई उत्पादनशील बनाउने उद्देश्यले योजना कार्यान्वयनको तयारी गरिएको हो।

शुरुआती चरणमा वडा नं. ३ मा १२ रोपनी बाँझो जग्गा भाडामा लिएर खेती सुरु गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले जानकारी दिए। जग्गा भाडामा लिन र दिन चाहनेलाई सहज बनाउन नगरपालिका कृषि शाखामार्फत विवरण राख्ने व्यवस्था मिलाइएको छ।

नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले भाडामा जग्गा दिने र लिने प्रक्रिया पूर्णतः स्वेच्छिक हुने र यसका लागि कार्यविधि निर्माण भइरहेको बताए। यो योजनाले बाँझो जग्गा उपयोग हुने, उत्पादन वृद्धि हुने र जग्गाको मूल्य बढ्ने अपेक्षा गरिएको छ।

विगतका वर्षहरूमा बाहिरी बसाइँसराइ तथा ठूलो मात्रामा जग्गा बाँझो रहने समस्या देखिएकाले यस्तो समस्या समाधानका लागि नगरपालिकाले यो अभियान सुरु गरेको हो।

नगरपालिकाको अन्य तथ्यहरू र योजनाः

: कतिपय व्यक्तिले कृषि फर्म सञ्चालनका लागि बाहिरका कम्पनीलाई जग्गा भाडामा दिने गरेका छन्।
: शितगंगामा कतिपय ठूला फाँट बाँझो रहेका कारण कृषिमा लगानी बढाउन स्थानीय सरकार प्रयासरत छ।
: नगरपालिकाको भूगोलले पहाडी र तराई क्षेत्रलाई जोड्ने भएकाले सम्भावना थप व्यापक रहेको छ।

प्रतिक्रिया दिनुहोस्