मायादेवीका युवालाई तिन दिने फिचर समाचार लेखन तालिम


पालिका पत्र

१५ मंसिर २०८१, शनिबार २०:१६ मा प्रकाशित

कपिलवस्तु, १५ मंसिर । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका युवा समुहका सदस्यहरुलाई तिन दिने फिचर समाचार लेखन तालिम दिईएको छ । युनाईटेड मिसन टु नेपाल ९युएमएन० को सहयोगमा दलित सामाजिक बिकास केन्द्रले सञ्चालन गरेको परिर्वतनका लागि बालबालिका, युवा र समुदाय परियोजना (सिवाईसिसी) को आयोजनामा समुदायबाट समाचार संकलनका लागि फिचर लेखन सम्बन्धि तिन दिने तालिम दिईएको हो ।

गत बर्ष आधारभुत पत्रकारिता तालिम लिएका युवा समुहका सदस्यलाई फिचर समाचार, सफलताका कथा र परियोजनाका प्रतिवेदन तयार पार्न सक्षम बनाउने उद्धेश्यले फिचर समाचार लेखन तालिम दिईएको सिवाईसिसी परियोजनाका संयोजक जितेन्द्र चौधरीले जानकारी दिए । १४ जना युवालाई सहभागी गराई मंसिर १२ गते शुरु गरिएको तालिम मंसिर १४ गते सम्म सञ्चालन भएको थियो । तालिममा सहभागी हुदाँ आफुले समाचार लेखन शैली, फिचर समाचार लेखन र प्रतिवेदन लेखनको सिप पाउन सफल भएको तालिमका प्रशिक्षार्थी अब्दुल मजिदले बताए ।

आफुलाई पत्रकारितामा रुची रहेको र तालिमले आफ्नो सिप र दक्षता बृद्धि गराउन सहयोग गरेको अर्का प्रशिक्षार्थी नरेश कुमार चौधरीले बताए । तालिमको सिपले फिचर समाचार सगैं सफलताका कथा, प्रगती प्रतिवेदन र फिचर समाचारको सिप बिकासमा सहयोग पुगेको तालिमकी प्रशिक्षार्थी मिना यादवले बताईन ।

नेपाल पत्रकार महासंघ केन्द्रिय अनुसाशन बिभागका सदस्य रहेका जिल्लाका क्रियाशिल सञ्चारकर्मी खग प्रसाद चापागाई र सिवाईसिसी परियोजनाका संयोजक जितेन्द्र चौधरीले सहभागीलाई बिषयवस्तु बारे सहजीकरण गरेका थिए । तालिकको युएमएनकी परियोजना व्यवस्थापक शान्ती थापा मगर, दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामसरन रैदास, सिवाईसिसी परियोजनाका सुमन श्रेष्ठले अवलोकन गरेका थिए ।

तालिममा पत्रकारिता र समाचार, समाचार लेखनको शैली, फिचर समाचार, फिचर समाचारका बिशेषता, फिचर समाचार लेखनको ढाँचाको बारेमा जानकारी दिईएको थियो । तालिमका सहभागी प्रशिक्षार्थीलाई फिचर समाचार संकलनका लागी स्थलगत अवलोकन तथा फिचर समाचार लेखनको अभ्यास गराईएको प्रशिक्षक चापागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्