
माघ २६ गते । बैंकर्स क्लब तौलिहवाको नयाँ कार्यसमितिको अध्यक्षमा नेपाल इनभेष्टमेण्ट मेगा बैंकका शाखा प्रवन्धक राजेन्द्र प्रसाद शर्मा चयन भएका छन् । शुक्रबार सम्पन्न भेलाले शर्माको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत रुपमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका राजीव श्रीवास्तव, सचिवमा कामना सेवा विकास बैंकका रामप्रित पाल, कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका विकास श्रीवास्तव चयन भएका छन् ।
सदरमुकाम तौलिहवा स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरु र बैंक तथा वित्तिय संस्थाहरुको सामुहिक समस्या, चुनौती एवंम एकताको थलो निर्माण गर्ने लक्ष्यका साथ उक्त क्लब गठन गरिएको हो । सामाजिक क्षेत्रमा समेत सहयोग पु¥याउने उद्देश्यले नाफा रहित संस्थाको रुपमा ‘बैंकर्स क्लब तौलिहवा’ स्थापना गरिएको क्लबका निवर्तमान अध्यक्ष नविन बहादुर श्रेष्ठले बताए ।
यसैगरी सदस्यहरुमा संघर्ष रेग्मी (माछापुछ्रे बैंक), अनन्त भट्टराई (सिटिजन्स बैंक), अनमोल श्रेष्ठ (सिद्धार्थ बैंक), शंकर घिमिरे (एभरेष्ट बैंक), निरज भूसाल (एनआइसि एसिया बैंक), भुवनेश्वर पाण्डे (कृषि विकास बैंक), सञ्जय भण्डारी (एनएमबि बैंक), असलम खान (कुमारी एनसीसी बैंक), लोक नारायण न्यौपाने (ग्लोबल आइएमई बैंक) र देवीराम आचार्य (प्रभु बैंक), शुबोध पाठक (साइन रेसुंगा बिकास बैंक), नविन बहादुर श्रेष्ठ (गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स), अर्जुन राज काफ्ले (राष्ट्रिय बाणिज्य बैंक), आकाश पुरी (नविल बैंक)का शाखा प्रबन्धकहरु सर्वसम्मतिले चयन भएको सचिव पालले जनाए ।
तौलिहवा क्षेत्रमा अवस्थित बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रबन्धकहरुको साझा फोरम “बैंकर्स क्लब तौलिहवा” गठन गरिएको हो ।