३०औं जनयुद्ध दिवसमा वाइसिएल कपिलवस्तुले गर्यो खुल्ला रक्तदान कार्यक्रम


पालिका पत्र

३ फाल्गुन २०८१, शनिबार १९:५३ मा प्रकाशित

फागुन ३ गते । ३०औं जनयुद्ध दिवसको अवसरमा वाइसिएल नेपाल जिल्ला समन्वय समिती कपिलवस्तुले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाको प्राविधिक सहयोग एवं सहकार्यमा तौलिहवामा सम्पन्न कार्यक्रममा १४ पोइन्ट रगत संकलन गरिएको जनाइएको छ ।

वाइसिएल नेपाल कपिलवस्तुका अध्यक्ष राकेश यादवको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रुद्रलाल बन्जाडेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पार्टीका जिल्ला संयोजक बिष्णु बेल्बासे, पार्टीको लुम्बिनी प्रदेश समिती सदस्य जनि बन्जाडे, वाइसिएल कपिलवस्तु इन्चार्ज शिव बन्जाडे, वाइसिएल केन्द्रिय परिषद् सदस्य सारदा भुसाल, नेताहरु अबु कलाम डफाली, सम्सुद्धिन शाह, रफिक मोहम्मद मुसलमान, रणबहादुर परियार लगायतको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज रुद्रलाल बन्जाडेले जनयुद्धले नेपालमा जनताको शासन प्राप्त भएको बताए । अहिलेको व्यवस्था जनयुद्धको उपलब्धी रहेको उहाले उल्लेख गरे ।

जिल्ला संयोजक बिष्णु बेल्बासेले जनयुद्धका उपलब्धि संस्थागत गर्न आवश्यक रहेकोमा जोड दिए ।

यस्तै वाइसिएल कपिलवस्तु इन्चार्ज शिव बन्जाडेले महान तथा ऐतिहासिक जनयुद्धका कारण देशमा आमूल परिवर्तन भएको बताए । कार्यक्रमको संचालन वाइसिएल लुम्बिनी प्रदेश सचिवालय सदस्य एबी ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्