बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइयो २५७० औँ बुद्ध जयन्ती


पालिका पत्र

१८ बैशाख २०८३, शुक्रबार १८:०८ मा प्रकाशित

वैशाख १८, सिद्धार्थनगर ।

बुद्ध जन्मस्थल रूपन्देहीको लुम्बिनीमा बुद्ध जयन्ती मनाइएको छ ।

आज बिहान ५ बजेकालागि निर्धारित कार्यक्रम वर्षाकाकारण प्रभावित भएपछि बिहान साढे ८ बजेबाट सुरु भएर एक घण्टामा सकिएको थियो ।

२५७० औँ बुद्ध जयन्तीका उपलक्ष्यमा लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद ९डिपी० अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्ग राज पौडेललगायत लुम्बिनीस्थित विभिन्न विहारका भिक्षु, भिक्षुणी, उपासक, उपासिकाले मायादेवी मन्दिरमा पूजाआजा र ध्यान गरेका गर्नुभयो ।

बुद्ध जयन्तीका दिन वैशाख पूर्णिमामा लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी चलायमान बनेको छ ।कार्यक्रममा थेरबादी, महायानी र बज्रयानी सम्प्रदायबाट पूजाआजा गरिएको थियो ।

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र नेपालकालागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि लिला पिटर्स याहिया,संघीय सांसदहरूको उपस्थिति रहेको थियो ।दिवसमा भने कुनै पनि भाषणको कार्यक्रम भएन ।

प्रतिक्रिया दिनुहोस्