जेठ ६,कपिलबस्तु ।
रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा तथा भैरव चश्मा पसल एवं आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा जनचेतना आधारभूत विद्यालय वनगाईमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा करिब दुई सयभन्दा बढीको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ ।
शिविरमा सहभागीहरूको आँखा परीक्षणसँगै आवश्यक परामर्श तथा उपचार सम्बन्धी सुझाव समेत प्रदान गरिएको थियो । कार्यक्रमले विद्यार्थी तथा स्थानीय समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण सहयोग पुगेको विद्यालय ब्यबस्थपन समितीका अध्यक्ष् कृष्ण खनालले बताए ।

रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद खनाल ले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् । उनले भने, “आँखा मानव जीवनको महत्वपूर्ण अंग हो । समयमै परीक्षण र उपचार गर्न सके धेरै समस्याबाट बच्न सकिन्छ । विद्यार्थी र शिक्षकलाई लक्षित गरेर गरिएको यो कार्यक्रम अत्यन्तै फलदायी बनेको खनाले भनाई छ ।”
त्यस्तै जनचेतना आधारभूत विद्यालय वनगाईका प्रधानाध्यापक देवेन्द्र बहादुर थापा ले ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले ठूलो राहत पुग्ने बताए । उनले भने, “विद्यालयमै विशेषज्ञसहितको आँखा परीक्षण सेवा आउँदा विद्यार्थी, शिक्षक र अभिभावक सबै लाभान्वित भएका छन । रोटरी क्लवले सामाजिक सेवामार्फत उदाहरणीय काम गरेको छ थापाले भने ।”

कार्यक्रममा रोटरी क्लवका अध्यक्ष गोपाल खनाल, सचिव बेदुराम पाख्रेल, एड्मिन नवीन भुसाल, नोमिनी प्रेसिडेन्ट कृष्ण प्रसाद भट्टराई, सदस्य सन्देश कक्षपति, नारायण बेल्वासे, विजयशंकर बिक, झलक रायमाझी तथा निवर्तमान अध्यक्ष ज्ञानहरी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

