प्रथम लुम्बिनी लोकतारा–२०८३ भोलि कपिलवस्तुमा हुँदै


पालिका पत्र

६ असार २०८३, शनिबार २२:५३ मा प्रकाशित

असार ६, कपिलवस्तु ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला कार्यसमिति कपिलवस्तुको सह–आयोजनामा प्रथम लुम्बिनी लोकतारा–२०८३ प्रतियोगिता भोलि हुने भएको छ ।

लुम्बिनी प्रदेशभर रहेका प्रतिभाशाली लोक तथा दोहोरी गायक–गायिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता भोलि कपिलवस्तुमा हुन लागेको हो । जिल्ला कार्यसमिति कपिलवस्तुले आज प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गरि कार्यक्रम उक्त जानकारी गराएको हो ।

तिष्ठानका अध्यक्ष असिम कडेल क्षेत्रीका अनुसार प्रतियोगितामा १२ वटा जिल्लामा भएको अडिसन बाट छनोट भएका १२ प्रतिसपर्धीको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेले ५२ हजार २२२ रुपैयाँ, दोस्रो हुनेले ३२ हजार २२२ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी केन्दि«य अध्यक्ष रिता थापा मगर सहित राष्ट्रिय कलाकारहरुको उपस्थिती रहने प्रतिष्ठानले जनाएको छ । कार्यक्रम बाणगंगा नगरपालिकाको ठाकुरापुरस्थित पञ्जाबी तड्का रेष्टुरेन्टमा सञ्चालन गरिनेछ। कार्यक्रममा लोक तथा दोहोरी गीत क्षेत्रका कलाकार, स्रष्टा, सांस्कृतिककर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामार्फत नयाँ प्रतिभाको खोजी तथा लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। आयोजकले कार्यक्रममा सहभागी हुन तथा प्रतियोगिताको अवलोकन गर्न सम्पूर्ण लोकसंगीतप्रेमीहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्