असार २१, दाङ।
दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा बङ्गाचुली गाउँपालिका–२ मर्पेसकी २६ वर्षीया दीपा थापा रहेकी छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उपचारका क्रममा आज साँझ करिब ६:३० बजे उनको मृत्यु भएको हो।
घटनामा सोही स्थानकी २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन्। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



